काठमाडौं । कोरम नपुगेपछि पटक पटक संसदीय समितिको बैठक प्रभावित भएपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले क्यालेण्डर बनाउने भएको छ । मंगलबार बसेको समितिको बैठकले क्यालेन्डर बनाउन ५ सदस्यीय उपसमिति बनाएको हो ।
समितिमा नेपाली कांग्रेसबाट दीनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीका माधव सापकोटा, रास्वपाकी निशा डाँगी र राप्रपाकी विना लामा रहेका छन् ।
समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए।