काठमाडौं, १६ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोशी प्रदेशको नाम ‘किरात लिम्बुवान’ राखिनुपर्ने निर्णय गरेको छ । केही समयअघि कपिलवस्तुको शिवगढीमा सम्पन्न नेकपाको बैठकले कोशीको नाम पहिचानसहित स्वयत्तः प्रदेशको अवधारणाअन्तर्गत राखिनुपर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘कोशीमा जनताको जो असहमति छ । हामीले जनयुद्ध कालमा या पछिल्लो समय पनि नेपालमा पहिचानसहित स्वयत्तः प्रदेशको अवधारणाअन्तर्गत गआडि बढाएका थियौं । अहिले किरात लिम्बुवान प्रदेशको रुपमा त्यसलाई नामाकरण गर्नुपर्छ भन्ने निर्णय गरेका छौं ।’
साथै, जाजरकोटको भुकम्पमा घरवास गुमाएको नागरिकलाई राज्यले पहिलो किस्ता अनुदान दिएर बाँकी वास्ता नगरेको बताए । उनले राज्यले ती नागरिकहरुलाई दोस्रो किस्ता पनि दिनुपर्ने बताए । File Photo/RN