Logo

दीपेन्द्रले एलिट कप गुमाउने



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पुस २१ गतेबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप गुमाउने भएका छन् । दीपेन्द्रले युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन शुक्रवार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

तियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश खेल्ने छन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

दीपेन्द्रसंगै नेपाली टिमबाट खेलिरहेका रोहितकुमार पौडेल, आशिफ शेख, सन्दीप जोरा, अभिनाष बोहरा, देव खनाल, दीपेश कँडेल, सुदूरपश्चिमका नरेन साउद, नरेन भट्ट र किरण ठगुन्नालगायतका खेलाडी पनि यस सिजनको एलिट कपमा हुने छैनन् । उनीहरु सबै गत पीएम कपको शीर्ष चारमा नपरेका टिममा थिए ।

यता हालै सकिएको नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई जिताएका जनकपुरका कप्तान अनिल साह र मधेशका अलराण्डर पवन सर्राफ पनि यस सिजनको एलिट कपमा हुने छैनन् । साह र सराएफ दुवै चोटका कारण केही समय अझै मैदान बाहिरनै रहने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्