काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सदनमा विचाराधीन विधेयकबारे आफ्ना सांसदसँग छलफल गरेको छ । मंगलबार एमाले संसदीय दलको कार्यालयमा सम्बन्धित समितिका सदस्यहरुसँग छलफल गरेको मूख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टीबाट प्रतिनिधित्व गर्ने सम्बन्धित समितिका सदस्यहरूको सहभागिता रहेको उनले बताए ।
केही दिन अघि सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले सदनमा विचाराधीन विकेयकबारे छलफल गर्न ८ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट बर्तौलासहित सचेतक सुनिता बराल, सचिव योगेश भट्टराई र सांसद भगवती न्यौपाने छन् भने नेपाली कांग्रेसबाट श्याम घिमिरे, जीवन परियार, सुशीला थिङ र कृष्णबहादुर रोकाय सदस्य छन् ।
तस्बिर सबै: महेश बर्तौला