काठमाडौँ, १६ पुस । राष्ट्रको अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह विविध कार्यक्रमका सम्पन्न भएको छ । आज (मंगलबार) समापन समारोहमा क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह खड्काले गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि निरन्तर क्रियाशील क्याम्पसप्रति विद्यार्थी अभिभावकको आकर्षण बढिरहेको बताए । क्याम्पस प्रमुख प्रा.डा.खड्काले अतिरिक्त क्रियाकलाप सप्ताहअन्तर्गत आयोजित प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याएकोसमेत बताए ।
अतिरिक्त क्रियाकलाप सप्ताहको नृत्य प्रतियोगिताअन्तर्गत प्राप्ति खरेल प्रथम, प्रतिमा रानामगर द्वितीय र सुनिती गिरीले तृतीय स्थान हासिल गरेका थिए । स्ट्याण्ड अप कमेडी प्रतियोगितामा सबिन खड्का प्रथम, विनोद ओझा द्वितीय, शिवलाल अधिकारी तृतीय र शत्रुघन कुमार शाह चौथो भएका थिए ।
हाजिरीजवाफ प्रतियोगिताअन्तर्गत दिपेन कटुवाल, निर्मला दर्लामी मगर र नारद बोहराको समूहले प्रथम स्थान प्राप्त गरेको छ । यमुना उपाध्याय, संगीता भट्ट्राई र अम्बिका न्यौपानेको समूह द्वितीय भएको छ । त्यसैगरी, रोहित क्षेत्री, दिलन राई र मौसम गौतमको समूह तृतीय भएको छ ।
टेबल टेनिस प्रतियोगितामा छात्रतर्फ रोशन घिमिरे, प्रभात पौडेल, उमेश गुरुङ्गले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । सोही प्रतियोगिताको छात्रातर्फ सुजा श्रेष्ठ प्रथम, सरिना मगर द्वितीय र मनिषा नेपालीले तृतीय भएका छन् ।
ब्याडमिन्टन प्रतियोगिताको छात्रातर्फ सृष्टि शाह, मिली श्रेष्ठ र यमुना उपाध्याय क्रमशः प्रथम, द्वितीय र तृतीय भए । छात्रतर्फ राम शाह प्रथम, इन्द्रसिंह ठकुरी द्वितीय र आयुहाङ्ग राईले तृतीय स्थान हासिल गरेका थिए ।
भलिबल प्रतियोगितामा किशोर शाही, अशोक क्षेत्री, सुरेन परियार, जीवन आउजी, अशोक साउँद, लोकेश घर्तीमगर, सागर राई दनुवार, सुर्जन ताम्राकार र शिव नेपालीको समूह प्रथम भएको छ । त्यस्तै, समीर नेपाली, विकास खत्री, राजकुमार रोकाया, टेकेन्द्र रोकाया, ललित बिक, वसन्त बोहरा, रुपेश नेपाली, राजेश नेपाली र उज्जवल श्रेष्ठको समूहले द्वितीय स्थान हासिल गरेको छ ।
भलिबल प्रतियोगितामा छात्रातर्फ सृष्टि आलेमगर, झरना राई, सुस्मिता वराल, रुविना साउँद, अप्सरा कार्की, लक्ष्मी बुढाथोकी, पूजा अधिकारी, यशोदा कार्की र मोहिनी थापाको समूह पहिलो भएको छ । त्यसैगरी टिकेश्वरी बोहोरा, विमला न्यौपाने, मुना बोहोरा, तमै तामाङ, आशा थापा, विपना भण्डारी, प्रतिभा खड्का, अस्मिता बोहरा र एलिशा खड्काको समूहले दोस्रो स्थान प्राप्त गरेको छ ।
विजयी प्रतियोगीलाई आगामी आइतबार एक समारोहबीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने क्याम्पसले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त उक्त क्याम्पसमा हाल स्नातक तहमा बीबीएस, बीए र बीएड् तथा स्नातकोत्तरतर्फ एमए (समाजशास्त्र), एमबीएस एवं र एमएड (स्वास्थ्य शिक्षा र शैक्षिक व्यवस्थापन तथा योजना निर्माण) कार्यक्रम सञ्चालन भइरहेको छ ।