काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली समाज समस्याग्रस्त र उकुसमुकुसको अवस्थामा रहेको बताएका छन् । आज (मंगलबार) मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कांग्रेसले जनताको समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले समाजको सबैभन्दा ठूलो समस्या प्रगतिको भोक रहेको बताए ।
‘जनता समस्यामा छन् । त्यसको समाधान कांग्रेसले गर्नुपर्छ । पुराना कुरामा अड्किएर बस्ने होइन, समाज उकुसमुकुस छ,’– उनले भने ।
साथै, उनले नेपाली समाजमा छटपटी र उकुसमुकुस रहेको बताए । पार्टीभित्र सघन छलफल गरेर समस्याको समाधानका लागि कांग्रेस लाग्नुपर्ने उनले बताए ।