काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन समयमै हुने बताएका छन् । आज (मंगलबार) बीपीको मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिबन्धित अवस्थामा समेत अगाडि बढेको पार्टी कांग्रेसले समयमै महाधिवेशन गर्ने बताएका हुन् ।
उनले समयमै पार्टी महाधिवेशन हुनेमा ढुक्क हुनसमेत आग्रह गरे । ‘प्रतिबन्धित कालमा त सम्हालेर आएको नेपाली कांग्रेसले महाधिवेशन आनान्दले गर्छ,’– उनले भने, ‘ढुक्क हुनुहोस्, पार्टीको महाधिवेशन समयमै हुन्छ।’
पार्टीको मञ्चमा आजभोलि २०८४को चुनाव र महाधिवेशनको चर्चा भइरहेको उनले बताए । उनले महाधिवेशन र ०८४ को निर्वाचनको चिन्ता गर्न छोडिदिन आग्रह गरे ।