काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारलाई समर्थन नगरेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । सहकारी ठगी छानविन गर्न सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको संसदीय विशेष समितिको सिफारिसविपरीत रविमाथि पूर्वाग्रह राखेर मुद्दा चलाइएको उनको दाबी छ । नेता पौडेलले रविमाथि सम्पत्तिसुद्धीकरण र संगठित अपराधको मुद्दा पूर्वाग्रह राखेर चलाइएको दाबी गरे ।
‘जे विषयमा छानविन भनेर लगियो, उहाँलाई संगठित अपराधमा हालियो । त्यतिलेमात्रै नपुगेर उहाँलाई सम्पत्ति सुद्धीकरणमा हालियो । यसले के देखिन्छ भने अभियोजनमा पुर्याउने बेलासम्म सरकारले नितान्त पूर्वाग्रह राखेर एक जना व्यक्तिमाथि आफूलाई समर्थन नगरेको कारणले पूर्वाग्रह साधियो,’– उनले भने ।
त्यस्तै, आफूले पोखरा पुगेर रविलाई भेटेको बताउँदै पूर्वमन्त्री दाहालले एउटै मुद्दामा विभिन्न जिल्लामा घुमाएर दुःख दिइएको बताए । उनले ०४६ साल यताका सबै कर्मचारी र नेताहरुको सम्पत्ति छानविन गर्न माओवादी तयार रहेको बताए । उनले ०४६ सालदेखि यताका सबै उच्चपदस्थहरुको सम्पत्ति छानविन गर्ने कुरामा माअोवादीले सरकारलाई साथ दिने उनले बताए । File Photo/RN