Logo

मुकुललाई पार्टीबाट गलहत्याएको ५ महिनापछि रास्वपाका दुई प्रदेश सभापतिले फिर्ता लिए हस्ताक्षर



काठमाडौं । तत्कालीन महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निस्कासित गरेको ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना प्रदेश सभापतिले आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन् । मंगलबार रास्वपाका कोशी र मधेशका सभापतिहरु राजेश तिमल्सिना र तपेश्वर यादवेल हस्ताक्षर फिर्ताका लागि कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका छन् ।

‘कोर्स करेक्सन’ र ‘राइट टू रिकल’को प्रावधान सम्झाउँदै मधेशका सभापति यादवले गत असार यताको आफ्नो सम्पूर्ण हस्ताक्षर फिर्ता लिएको उल्लेख गरेका छन् । उनले आजसम्मकै सबैभन्दा ठूलो संकटको घडीमा रहेको महसुस गरिरहेको उल्लेख गर्दै भनेका छन् ‘पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुस्खद छ । मलाई लाग्छ, पार्टीको यो घडिमा अब हामी सबै मिलेर अघि बढ्न पर्छ र त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु । राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र संकटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ’ ।

मुकुललाई कारबाही गरिएको पत्रमा हस्ताक्षर फिर्ता लिने सभापतिद्धय नै रास्वपाका केन्द्रीय सदस्यसमेत हुन् । यादवले डाइरेक्ट मुकुलको नाम नलिएपनि कोशी सभापति तिमल्सेनाले भने मुकुल ढकालेको नाम उल्लेख गरेका छन् । ढकाललाई पार्टी बाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुश गरिरहेको उनले बताएका छन् ।

‘अब हामी सबै मिलेर अघि बढ्नु पर्छ र त्यसका लागी केहि सुधारात्मक कदमहरु आवश्यक छन् । डा मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधरण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु। राइट टू रिकलको प्रावधानलाई नीति में अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीति मै रहेको तथ्य मैले बुझेको छु। यसर्थ, पार्टीमा डा। मुकुल ढकाललाई पूरानै जिम्मेवारी सहित फिर्ता बोलाउनु पर्छ भन्ने मत आहेर गर्दछु’ उनले आफ्नो पत्रमा भनेका छन् ।

गत वर्षको वैशाखमा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा इलाम २ मा लज्जास्पद हार ब्यहोरेपछि रास्वपाले मुकुललाई देश दौडाहमा पठाएको थियो । झण्डै डेड महिनालामो देश दौडाहको क्रममा मुकुल देशका ३२ भन्दा धेरै जिल्लामा पुगेका थिए । उनले ३२ जिल्लामा घुमेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । आफ्नो प्रतिवेदनमा रास्वपा कमजोर हुँदै गएको, कार्यशैलीप्रति जनताले चिन्ता जाहेर गरेको र यस्तै अवस्था रहे ०८४ को चुनावमा पार्टी राष्ट्रिय दल बन्न नसक्ने उल्लेख गरेका थिए ।

मुकुलले आफ्नो प्रतिवेदनमा कांग्रेस, एमाले र माओवादीको संगत छाडेर बोलन शाह, गोपी हमालहरुसँग मिल्नुपर्ने मत राखेका थिए । रत,रास्वपाले भने पार्टी हित विपरीत काम गरेको हुँदै नभएको प्रतिवेदन लेखेको भन्दै भदौंमा साधारण सदस्यसमेत नरहने गरि निस्कासीत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्