काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ५ देशका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच पोर्चुगलका लागि नियुक्त प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि प्रा।डा। कपिलमान श्रेष्ठ, बेल्जीयमका लागि सेवा लम्साल, मलेसियाका लागि डा। नेत्र प्रसाद तिम्सिना र डेकमार्कका लागि सुम्निमा तुलाधरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण सहारोहमा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले जनाएको छ ।