काठमाडौं । नेपाल प्रहरीका पाँच जना एसएसपीहरुको सरुव भएको छ । गृह सचिवस्तरीय निर्णयबाट मंगलबार साझ उनीहरुको सरुवा गरिएको हो । सार्वजनिक सरुवा सुची अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी कार्यालय ललितपुरको प्रहरी प्रमुखको रुपमा सरुव भएका छन् ।
त्यस्तै रानीपोखरीमा कार्यरत एसएसपी विनोद घिमिरे काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामसाह पथमा सरुवा भएका छन् । ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका कार्यरत एसएसपी सोमेन्द्रसिंह राठौर त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणमा पुग्दा अपराध अनुसन्धान विभागमा कार्यरत अर्का एसएसपी भुपेन्द्र खत्री भरतपुर शिक्षालय पुगेका छन् ।