काठमाडौँ, १७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरुले शपथ लिएका हुन् ।
राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा.नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा.डा.कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।