Logo

महाधिवेशन केन्द्रीत छलफलमा जुटे कांग्रेसका तीन ‘युवराज’



काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय बिमलेन्द्र निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको छ । विरासत बोकेका नेताहरु भनेर चिनिने नेतात्रयबीच बुधबार उपप्रधान तथा सहरी विकासमन्त्री सिंहको निवास चक्साबारीमा भेटवार्ता भएको हो । उनीहरुलाई कांग्रेसमा तीन ‘युवराज’ भन्ने गरिन्छ।

यसअघि गत असोज ८ गते कोइराला निवास महाराजगञ्जमा यी तीन नेताबीच भेटवार्ता भएको थियो । उनीहरुबीच आगामी १५औं महाधिवेशनको बारेमा छलफल भएको बुझिएको छ । ०८२ को मंसिरमा नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

विधानत हालका सभापति शेरबहादुर देउवा सभापति हुन नपाउने हुँदा नयाँ सभापतिको खाजी भइरहेको छ । निधि, सिंह र कोइराला तीनै जना पार्टीमा सभापतिका आकांक्षीको साथै देउवा निकटका नेता हुन् ।

राजनीतिक परिवारमा जन्मे हुर्केका कोइराला, सिंह र निधिलाई कांग्रेसमा ‘विरासत’ बोकेका नेताका रूपमा चिनिन्छ । कोइराला बिपीका छोरा हुन् भने सिंह गणेशमानका र निधि महेन्द्रनारायणका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस्