काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा भीम रावलले आफूलाई पार्टीबाट निकालेपछि एआईको धारणा भन्दै शंकर पोख्रेलले सार्वजनिक गरेको धारणाप्रति कडा टिप्पणी गरेका छन् ।
गत साता एमालेले रावलको संगठित सदस्यता खोसेको थियो । संगठित सदस्यता खोसेलगत्तै पोख्रेलले एआईले पार्टी अनुशासनबारे के भन्छ भन्दै एआईको धारणा सार्वजनिक गरेका थिए । सो धारणापप्रति आज पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले जवाफ फर्काएका हुन् ।
उनले भने ‘मलाई पार्टी सदस्यबाट निष्कासित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले सञ्चारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले ‘भीम रावललाई हामीले निकालेका होइनौँ आफैँ छोडेर गएको हो’ भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ? कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो ?”।
गत साता बसेको एमाले सचिवालय बैठकले रावलको सदस्यता खोस्दै नेतृद्धय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको जग्गामा एमाले पार्टी कार्यालय बनाउन शिलान्यास गरिएपछि पाण्डे, रावल र तिमल्सेनाले पाँच लाख कार्यकर्ताको अपमान हुने भन्दै निर्णय फिर्ता लिन सुझाव दिएका थिए।
त्यसपछि एमालेले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। कात्तिक ४ गते रावल, पाण्डे र तिम्सेनासँग एमालेले स्पष्टीकरण सोधेको थियो।
यो पनि तीन नेतामाथिको कारबाहीलगत्तै शंकर पोख्रेलले सार्वजनिक गरे पार्टी अनुशासनबारे एआईको धारणा