Logo

प्रचण्ड सहभागी राज्य व्यवस्था समितिमा एमालेले माग्यो शेरा दरबारबारे गृहमन्त्रीसँग जवाफ



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले नुवाकोटको शेरा दरबार जग्गाबारे सरकारको धारणा माग गरेको छ ।

बिहीबार बसेको ससद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गा अतिक्रमणबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन् ।

‘शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भने ।समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लेखक लगायत समिति सदस्यहरू उपस्थित छन् ।

नुवाकोटस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी जग्गा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकिय सचिव रहेका विकेश श्रेष्ठले अन्नपूर्ण फार्मिङका नाममा लालपुर्जा रहेको जग्गाको हदबन्दी छुटाएर आफ्नो नाममा ल्याएको खुलेको थियो । यद्यपि हाद उनी माओवादीमा छैनन् । माओवादीले पनि यसअघि नै आफ्नो दलको कुनै पनि संलग्नता नरहेको भन्दै प्रष्टीकरण दिईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्