Logo

कानून समितिको बैठक जारी, देउवा पनि सहभागी



काठमाडौं । संघीय संसद अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक जारी छ । बैठक समितिको सचिवालयमा साढे १२ बजेबाट सुरु भएको हो ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने आजको कार्यसूची छ ।

आजको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

तस्बिर सबै मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्