Logo

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित



काठमाडौं, १८ पुस । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भ्रष्टाचार निवारण ऐन– २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । आज (बिहीबार) बसेको समितिको बैठकमा उक्त विधेयक पारित भएको हो ।

समितिका सभापति रामहरि खतिवडाले विधेकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । सो विधेयक सर्वसम्मतिले पारित भएको छ ।

उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले उपसमितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारलाई स्वीकार रहेकाले उक्त विधेयक पारित गर्न अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्