Logo

एमाले नेतृत्वप्रति कर्ण थापा पनि असन्तुष्ट, वाक् स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयास भएको आरोप



काठमाडौं, १८ पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीभित्र स्वस्थ, र वैचारिक राजनीतिक बहसलाई बन्देज लगाउन खोजिएको उनको भनाइ छ । तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित नहुने उनले उल्लेख गरेका छन् ।

साथै, अराजकता र अनुशासनहिनता पनि स्वीकार्य नहुने उनको भनाइ छ । विचार र विष्लेषणको शृङ्खला टुट्यो भने राजनीतिक धरातल सकिने र राजनीतिकर्मीको मृत्युु नै हुने उनको विचार छ ।

असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिने उनको भनाइ छ । उनले एमालेको सम्पूर्ण पङ्ति वैचारिक हतियारको प्रयोगतिर लाग्नुपर्ने उनको सुझाव छ । असभ्यताको प्रदर्शन, असामाजिक र गैरराजनीतिक पार्टीका लागि हितकर नहुने उनले बताएका छन् ।

पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका भीम रावललाई कारबाही गरिएको प्रसंगलक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

स्वस्थ्य राजनीतिक, बैचारिक वहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो । तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन । अराजकता र अनुशासनहिनता पनि कही स्वीकार्य हुँदैन । विचार र विष्लेषणको सृङखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्युु हुन्छ । विचारमा आधारित भएर राजनीतिक बहस गरौं । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ । एमालेको सम्पूर्ण पङ्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्शन, असामाजिक र गैरराजनीतिक कसैका लागि हितकर हुदैन ।



प्रतिक्रिया दिनुहोस्