Logo

भीम रावलको आरोपबारे एमालेले भन्यो: ०७७ मा प्रचण्ड-माधवले लगाएको आरोपको कपी पेष्ट हो, हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौं



काठमाडौं । नेकपा एमालेले डा भीम रावलले बुधबार पत्रकार सम्मेलन गरेर लगाएको अरोपको पूर्णरुपमा खण्डन गरेको छ ।

बिहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीबाट निस्कासित रावलले पत्रकार सम्मेलनमा लगाएको आरोप ०७७ सालमा तत्कालीन नेकपाको विवादमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लगाएको आरोपको कपीपेस्ट भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जिकिर गरे ।

गत साता बसेको एमालेको बैठकले रावलको संगठित सदस्यता खोस्ने निर्णय गरेको थियो । सो निर्णय पछि रावलले पत्रकार सम्मेलन गरेर ओलीमाथि ७४ वटा आरोप लगाएका थिए । ‘०७७ साल कात्तिकमा लगभग यीनै भाषामा प्रचण्डले तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यस्तो भाषा प्रयोग गरेर आरोप लगाउनु भएको थियो । १९ पेजको अरोप पत्र थियो । त्यो । बुधबार रावलले लगाएको आरोप त्यसैको कपि पेस्ट थियो भन्ने पुष्टि भएको छ ’ ज्ञवालीले भने ।

एमाले बैठकले भीम रावल नकरात्मक मानसिकताले ग्रसित बनेको निष्कर्ष निकालेको ज्ञवालीले सुनाए । उनले गाली गरेर देश बन्ने भए उहिल्यै बन्ने पनि बताए । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भयो । गालीगलौजले देश बन्ने भए । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेले त्यसै गर्नुभयो’, ज्ञवालीले भने, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौं । देश बनाउने अभियानमा छौं । एमालेले त्यस्तो कुरालाई महत्व दिएर बस्दैन महत्वपूर्ण पनि ठान्दैन ।’



प्रतिक्रिया दिनुहोस्