Logo

प्रचण्ड जनताबीच जाने, मदन भण्डारी र हुलाकी राजमार्गकेन्द्रित छ महिने अभियान चलाउँदै



काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) ले मदन भण्डारी र हुलाकी राजमार्गकेन्द्रित छ महिने अभियान चलाउने भएको छ । आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानबारे जानकारी गराएका हुन् । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डले बैठकमा पार्टी रुपान्तरणको बाटोमा जान जनताबीच जानुपर्ने निष्कर्ष सुनाएका थिए । उनले जनताको भावना, विचार र जनताले चाहेको अनि खोजेको कुरा बुझ्न अभियान सञ्चालन गर्न लागिएको बताए ।

‘अब हामीले रुपान्तरण हुनुपर्छ । रुपान्तरण भएर जनताको बीचमा जानुपर्छ भनेर हाम्रो अध्यक्षले मुख्य दुईवटा अभियान चलाउनुपर्छ भन्नुभएको छ । एउटा मदन भण्डारी लोकमार्गलाई आधार बनाएर बनाएर चलाउनुपर्छ । अर्को मधेशमा केन्द्रीत गरेर हुलाकी राजमार्गलाई केन्द्रीत बनाएर ६ महिना जनतामा जानुपर्छ । जनताले के चाहेका छन् ? के खोजेका छन् ? जनताले के विचार गर्दैछन् ? यी समग्र कुराको अध्ययन, जनताबाट सिक्ने, सिकाउने र रुपान्तरणको महान प्रक्रियामा जानुपर्छ भनेर सिंगो पार्टी पंक्ति र जनतालाई अपिल गर्नुपर्छ । जनतालाई हामीले सुसुचित गर्न सक्यौं भने नेपाली जनतालाई समेट्न सकिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्