Logo

पब्लिकले सरकारको त कतिदिन हो, हाम्रो के काम गर्छ यिनीहरुले भन्न थालेपछि कांग्रेस-एमाले मिल्यौंः उपप्रधानमन्त्री सिंह



काठमाडौं, १८ पुस । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको लागि वर्तमान सरकार बनेको बताएका छन् । आज (बिहीबार) काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आम जनताले राजनीतिक स्थायित्व चाहेपछि नै कांग्रेस–एमालेसहितको सरकार बनेको बताएका हुन् । ‘छिनछिनमा सरकार परिवर्तन हुने, पब्लिकहरुले प्रश्न गर्न थाले, सरकारको त कतिदिन हो, हाम्रो के काम गर्छ यिनीहरुले’ भनेर जनताले प्रश्न उठाएपछि अहिलेको सरकार बनेको उनको दाबी छ ।

उनले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा नागरिकहरुले हामीलाई अरु केही चाहिएन शान्ति चाहियो भनेपछि नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया अगाडि बढाएको स्मरण गरे । कांग्रेसीहरु नेपाललाई संकट पर्दा निकाल्ने पार्टीका सदस्यहरु रहेको उनले बताए ।

‘आम नेपाली जनताको चाहना भनेको हरेक नेपाली जनताको जीवन र जिविकोपार्जन सहज हुनुपर्यो भन्ने न हो । यो गर्नका लागि हाम्रो जीवनमा परिवर्तन ल्याउनका लागि राजनीतिक स्थायित्व चाहियो नि त,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्