काठमाडौं, १८ पुस । राष्ट्रिय एकता अभियान नेपालले संविधान सभा सदस्य माननीय भूपेन्द्र चौधरीलाई उपाध्यक्ष चयन गरेको छ। अभियानको केन्द्रीय बैठकले सर्वसम्मत निर्णय गर्दै चौधरीलाई उपाध्यक्षको जिम्मेवारी सुम्पिएको हो। संगठनलाई थप मजबुत बनाउन चौधरीलाई उक्त जिम्मेवारी दिइएको बताइएको छ ।
चौधरीसंग संविधान सभामा प्रभावशाली भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता र समावेशीताको पक्षमा काम गरेको लामो अनुभव छ । उनी लामो समयदेखि सामाजिक न्याय, संघीयता, समानता र मानव अधिकारका मुद्दामा सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले चौधरीको नेतृत्वदायी क्षमताको प्रशंसा गर्दै भने, ‘भूपेन्द्र चौधरीजस्ता अनुभवी र समर्पित व्यक्तित्वको सामेलले हाम्रो अभियानलाई थप उचाइमा पुर्याउने विश्वास छ ।’
राष्ट्रिय एकता अभियान नेपालले मुलुकको विविधता र एकताको संरक्षण गर्दै सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। चौधरी उपाध्यक्षमा चयन भएसँगै अभियानलाई थप सशक्त बन्ने विश्वास लिइएको छ ।