Logo

राप्रपाले पृथ्वी जयन्तीमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली गर्ने, ओली, देउवादेखि प्रचण्डसम्मलाई निम्तो



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली गर्ने भएको छ । राप्रपाले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन धुमधामसँग दिवस मनाउने निर्णय र र्याली निकाल्ने निर्णय गरेको हो ।

राप्रपाले निकाल्ने उक्त र्यालीप्मा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि पूर्व अध्यक्ष पशुपति शमसेर जबरा वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलगायतका शीर्ष नेता पनि सहभागी हुनेछन् । राप्रपाले सोही दिन काठमाडौंमा चियापान समारोहको आयोजना गनेृ भएको छ ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राप्रपाले गत वर्षपछि धुमधामसँग पृथ्वी जयन्ती मनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म उक्त चियापान कार्यक्रममा पुगेका थिए । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले ०७९ सालको पृथ्वी जयन्तीमा सार्वजनिक बिदासमेत दिएको थियो ।

पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषदले पुस २५ गते काठमाण्डौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना गरेको छ।



प्रतिक्रिया दिनुहोस्