काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खलनायकको भूमिका खेलिरहेको आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गोखा २ बाट निर्वाचित जनप्रतिनिधि भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डमाथि टिप्पणी गरेका हुन् । उनले अब सचेत जनताले बेलैमा यो सत्यतथ्य बुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको जिकिर गरेका छन् ।
‘वर्तमान नेपाल राज्यको उद्गमस्थल गोररखा लिगलिगकोटको फेदी पालुंगटार (मेरो जन्मस्थल, कर्मस्थल र सम्भवत: मरणस्थल!) बाट मैले यतिवेला भित्री र बाहिरी तत्वहरूको अनुचित चलखेलबाट देश, लोकतन्त्र र जनजीवन गम्भीर संकटमा परेको, त्यसमा गोरखा-२ बाट २०७९मा चुनेर पठाएका जनप्रतिनिधिले समेत एउटा खलनायकको भूमिका खेलिरहेको, अब सचेत जनताले बेलैमा यो सत्यतथ्य बुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको लगायतका कुरा बताउन उचित र आवश्यक ठानेको हुँ र त्यसमा म दृढ छु, रहन्छु उनले भनेका छन् ।