Logo

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्न सेनाले राक्यो, काम लागेन प्रहरीको ६ घण्टा लामो संघर्ष



काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योललाई पक्राउ गर्न पुगेको प्रहरी टोली रित्तोहात फर्किएको छ । सेनाले घेरा हालेर पक्राउ गर्न रोकेपछि प्रहरी टोली त्यसै फर्किएको हो ।

युनको सुरक्षा दस्ता र सेनाले प्रहरीलाई रोक्नका लागि भनेर बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो । प्रहरीका २० वटा टोली बिहान ८ बजे नै युनको घरमा पुगेका थिए । तर,प्रहरीको उक्त टोली सेनाको घेरा तोड्न नसकी फर्किएको बीबीसीले उल्लेख गरेको छ ।

उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए ।

संसद्‌ले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् । वारेन्ट कार्यान्वयन गर्न जनवरी ६ सम्मको समय छ तर, उनीहरूले वारेन्ट विस्तारको लागि अनुरोधसमेत गर्न सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस्