Logo

आफूमाथि छानविन र कारबाहीको माग गर्दै नेविसंघ अध्यक्षले दिए उजुरी



काठमाडौं, २० पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले आफूमाथि छानविन र कारबाहीको माग गर्दैै पार्टीको सुशासन समितिमा उजुरी दिएका छन् । अध्यक्ष शेर्पामाथि आर्थिक अपचलनको आरोप लागेपछि उनी आफैंले छानविनको माग गरेका हुन् ।

आफूमाथि प्रमाणबिना झुटा आरोप, आर्थिक अपचलनको लान्छना लगाई चरित्र हत्या गर्ने प्रयास भएको र संगठनकै छविसमेत धुमिल दुष्प्रयास गरिएको अध्यक्ष शेर्पाले पत्रमा उल्लेख गरेका छन् ।

संस्थापनइत्तर समूहका नेविसंघका विद्यार्थी नेताहरुले अध्यक्ष शेर्पामाथि विद्यालय पुनर्निर्माण र जय नेपाल कपको नाममा संकलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप लगाएका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्