काठमाडौं, २० पुस । तपोभूमि नेपाल बचाउ अभियानले सुरु गरेको २१ दिने भिक्षा झोली अभियान समापन गरिएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियान समापन भएको जनाकारी गराइएको थियो ।
उक्त अभियान गत मंसिर ३१ गतेदेखि सुरु भएको थियो । सुशासन र समृद्धिको आह्वानका लागि उक्त कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रममा भिक्षा झोली जागरणकी अध्यक्ष पुस्तादेवी तामाङ, शेषनाथ महाराज, कुमार बस्नेत, मिना दुलाल, सावित्री पोखरेल, दमन्ती राजवंशी, सुगुणा क्षेष्ठलगायतको सहभागिता थियो ।