काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (शनिबार) दिउँसो बस्ने भनिएको बैठक शीर्ष नेताहरुको व्यस्थताको कारण स्थगित भएको हो । अर्को बैठक भोलि बिहान ८ बजे बस्ने बताइएको छ । बैठकले केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने छ ।
केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन पेश गर्नेछन् । File Photo/RN