Logo

माओवादी सहयात्रीहरु सबै तयार बनौं, हामी एक हुनुपर्छः विप्लव



काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली विशेषताको समाजवाद ल्याउन माओवादी घटकहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैज्ञानिक समाजवादतिर जाने उद्देश्य प्राप्तिका लागि आजको संकटग्रस्त व्यवस्था फाल्न जरुरी रहेको बताए । उनले विदेशीहरुसँग भिख मागेर बाँचेको व्यवस्था बदल्नुपर्ने बताए ।

माओवादीहरु एक हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादीमात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’

महासचिव विप्लवले कुनैपनि स्वार्थको अगाडि नेपाली जनताको सपना बेचिन नहुने बताए । उनले अहिले केही हदसम्म जनताको चाहना धर्ममराएको जस्तो देखिएको बताए । उनले जनताको चाहना धर्ममराउन आफूहरुले नदिने बताए । उनले जनताको लागि आफूहरु गोरुजस्तो भएर जोतिन तयार रहेको पनि बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्