Logo

सर्वेन्द्रलाई गोकुलको सुझावः खाएको थालमा चुठ्नु राम्रो होईन



काठमाडौं, २१ पुस । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सर्वेन्द्र खनाललाई खाएको थालमा नचुठ्न सुझाव दिएका छन् । खनालले सामाजिक सञ्जालमार्फत पार्टीसँग आवद्ध नरहेको घोषणा गरेका थिए । खनालले यस्तो घोषणा गरेलगत्तै नेता बास्कोटाले एमालेको टोपी, धोती अनि गुन्यु चोली लगाएर हाइट र लाइट बढाएकाहरुले खाएको थालमै चुठेको टिप्पणी गरेका हुन् ।

नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन, सङकट,त्याग र सङघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन । झन गएपछि सराप्ने संस्कार वाहियात नै हो।’



प्रतिक्रिया दिनुहोस्