Logo

सन्तोष परियारको नेतृत्वमा रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव’ कार्यदल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा कान्तिशिखा धिताल, डा.नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यदलले ७ वटै प्रदेशमा साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्