Logo

थापा र गौतमको संयोजकत्वमा एमालेले बनायो दुई समिति



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि निष्कर्ष निकाल्न दुई वटा समिति बनाएको छ ।

एमालेले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा रघुजी पन्त र खगराज अधिकारी सदस्य रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।

पोलिटब्यूरा सदस्य सूर्य थापाको नेतृत्वमा बहस नोट समिति गठन भएको छ । सो समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य छन् ।

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका ६ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन् । 



प्रतिक्रिया दिनुहोस्