Logo

ओलीको नजरमा रास्वपाः ‘पपुलिज्म’ को जगमा उभिएको समूह, अराजक चरित्र



काठमाडौं, २१ पुस । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘पपुलिज्म’ को जगमा उभिएका समूहको संज्ञा दिएका छन् । आफ्नो पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्रीविरुद्ध व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिएको ओलीको अरोप छ ।

रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभाव रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक नरहेको ओलीको भनाइ छ । रास्वपाका नेता तथा कार्यकर्ताहरुले प्रहरी अनुसन्धानलाई सघाउनुको साटो सरकारले आफूहरू विरुद्ध खडा गरेको राजनीतिक प्रतिशोधको मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन, प्रहरीमाथि हातपात, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने काम गरेको ओलीको आरोप छ ।

‘आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिए । यसै घटनाक्रमले ‘पपुलिज्म’ को जगमा उभिएका समूहहरूको ‘नयाँपन’ को व्यर्थता, अराजक चरित्र र नीतिहीन अन्तर्यलाई उदाङ्गो पारेको छ,’– ओलीले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्