Logo

पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत रहेको ओलीको आरोप



काठमाडौं, २१ पुस । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादी समूहहरु अराजकतालाई बढावा दिन सक्रिय भएको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियालक्षित गर्दै ओलीले राजावादीहरु गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत रहेको उल्लेख गरेका छन् ।

आजदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘पछिल्लो समय पूर्व राजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय छन् । २४० वर्षे शाहवंशीय शासनकाल, त्यस अवधिमा मुलुकले ब्यहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्ष अगाडि मात्रै स्थापित भएको नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत देखिन्छन्,’– उनले भनेका छन् ।

उनले आफ्नो प्रतिवेदनमा भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको परीक्षण गर्न विभिन्न शक्तिकेन्द्रहरू प्रयत्नशील रहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्