Logo

ईप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का चयन



भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन सम्पन्न भएको छ । कूल ११ वटा विद्यालयहरु सदस्य रहेको ईप्सन भक्तपुरको गत शुक्रबार भक्तपुरको रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्टमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमार्फत् क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी, सूर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य उपाध्यक्ष, पारिजात विद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा सचिव, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा कोषाध्यक्ष र ग्लोवल एकेडेमीका प्रिन्सिपल के.वी. ङाखुसी सहसचिवमा चयन भएका छन् ।

मदरल्याण्ड ईङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्लिस स्कुल का प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स ईङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग सदस्यमा चयन भएका छन् ।

एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तकमार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रमहरु, विद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि सञ्चालन गर्दै शैक्षिक उन्नयनमा अग्रसर यो संस्था २०५७ मा स्थापना भएको थियो।

यस अधिवेशनमार्फत संस्थालाई सदस्य विद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडि बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष संचालनलाई भावी योजनाका रुपमा अगाडि बढाउने योजनासहित अधिवेशन सम्पन्न भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्