काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । राजधानीमा जारी बैठक भोलिसम्म चल्नेछ । माओवादीको जारी बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा पनि सहभागी भएका छन् ।
माओवादी केन्द्रीय सदस्य रहेका लामा २०८० साउन २१ गते ५ वर्षका लागि कोषको उपाध्यक्षमामा नियुक्त भएका थिए।
पूर्वराज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य रहेका लामा विवादास्पद पृष्ठभूमिका मानिन्छन्। उनको नियुक्तिकै बेला प्रसस्तै प्रश्न उठेको थियो भने उपाध्यक्ष नियुक्त भइसक्दा पनि पार्टी राजनीतिमा रहेपछि फेरि उनको आलोचना सुरु भएको छ ।