काठमाडौं, २१ पुस । नेकपा (एमाले) बाट निर्वाचित गाउँपालिका उपाध्यक्ष राजु बराल सहकारी ठगी प्रकरणमा मुछिएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष बराल काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बराललाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । बराल स्वर्णलक्ष्मी सहकारीको कर्जा उप–समितिको सदस्य थिए ।
काठमाडौं जिल्ला अदालतमा दायर गरिएको सो मुद्दामा बरालसँगै रवि लामिछाने, जिबी राई, छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।