Logo

अन्तरघात रोकिने हो भने कांग्रेसले यही संविधानमा रहेर बहुमत ल्याउँछः सह-महामन्त्री यादव (भिडिओसहित)



काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले पार्टीभित्र अन्तरघात डरलाग्दो रुपमा बढेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसभित्र अन्तरघात रोकिने हो भने यही संविधानमा रहेर आफूहरु एकल बहुमत ल्याउन सक्षम रहेको बताए ।

‘मान्छेले भनेका छन्, यो संविधानअन्तर्गत बहुमत आउँदैन । तर, कांग्रेस यही संविधानअन्तर्गत अहिले ठूलो पार्टी भएको छ । कांग्रेसमा अन्तरघात रोकिने हो भने यही संविधानअन्तर्गत बहुमतसहितको पार्टी बन्न कसैले रोक्न सक्दैन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा ऋण नलिने भने स्पष्ट भनिसकेको बताए । उनले देशलाई बन्धक राखेर बीआरआईको लोन लिन नहुने र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीन भ्रमणबाट फर्किएपछि बीआरआई अनुदानमा मात्रै स्वीकार गरिने बताइसकेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्