Logo

शिक्षा मन्त्री र सभापति नै माइतीघर पुगेपछि नेत्रको आन्दोलन स्थगीत



काठमाडौं । शैक्षिक क्षेत्र सुधारको एजेण्डासहित ९ दिनदेखि माइतीघर मण्डलामा उभिईरहेका नेकपा समाजवादी पार्टीको विद्यार्थी संगठनका अध्यक्ष नेत्र चापागाईंले आन्दोलन स्थगीत गरेका छन् ।

९ दिनदेखि उभिएर धर्ना दिएका चापागाईंको अवस्था बुझ्न सोमबार शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा समितिका सभापति अमरबहादुर थापा माइतीघर पुगेका थिए।

माइतीघर पुगेकी शिक्षामन्त्री भट्टराईले चापागाईंले उठाएका माग पूरा गर्ने आश्वासन दिएपछि उनले आफ्नो आन्दोलन स्थगीत गरेका हुन् । उनले गत पुस १४ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए ।

काठमाडौंमा धर्ना दिनुअघि उनले सातै प्रदेशका विभिन्न ठाउँमा दुई/दुई दिन उभिएका थिए।



प्रतिक्रिया दिनुहोस्