Logo

माओवादीमा टीके प्रथाको अन्त्य भइसक्यो, अब प्रचण्डले पनि चुनाव लड्नुपर्छः उपमहासचिव गजुरेल



काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टीमा अब टीके प्रथाको अन्त्य भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विधान अधिवेशनले सबै पदाधिकारीहरु निर्वाचनमार्फत चुनिने व्यवस्था गरिसकेको बताएका हुन् ।

अब प्रचण्डले पनि पदाधिकारी बन्न निर्वाचनमा भाग लिनुपर्ने उनको भनाइ छ । ‘माओवादीमा अब टीके प्रथा रहँदैन । हामीले विधान अधिवेशनबाट निर्णय गरिसकेका छौं । विधान महाधिवेशनले त्यसलाई अन्त्य गरिदियो । अब निर्वाचनकै प्रक्रियामा जान्छ,’– उनले भने ।

पार्टीभित्र प्रचण्डको समर्थन र विरोध गर्ने दुवैले ठीक भूमिका ननिभाएकै कारण प्रचण्ड लामो समय पार्टीको नेतृत्वमा रहन परेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्