Logo

बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश



काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्धय डा नहकुल सुवेदी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासले उक्त खादेश दिएको हो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेले टिप्पणी उठाएर दायर गरेको सो मुद्दामा यसअघि गत कात्तिक १ गते कारण देखाउ आदेश जारी भएको थियो । कात्तिक १ गते सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसमा उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदै कारण माग गरिएको थियो ।

न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि बार आन्दोलनमा उत्रिएको छ । बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्धय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए ।

आफूहरुको आन्दोलनलाई पन्छाएर न्याय परिषद्ले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले कडा टिप्पणी गरेका थिए । सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

पाण्डे र निरौलाले सर्वोच्चमा काम थालिसकेका छन् भने सिफारिस गर्ने विश्वम्भर अवकाशमा गएर प्रकाशमानसिंह राउत नयाँ प्रधानन्यायाधीशको रुपमा आएका छन् तर, बार र बेञ्चबीचको विवाद सुल्झिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्