काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रञ्जित तामाङले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको खण्डमा सडक संघर्षमा जानुपर्ने बताएका छन् । आज (मंगलबार) केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
नेता तामाङले उज्यालो नेपालको अभियान माओवादीले सुरु गरेको दाबी गर्दै कुलमानको यसमा कुलमानको मेहनत र योगदान अतुलनीय रहेको धारणा राखे । ‘विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए तत्काल सरकारविरुद्ध सडक संघर्षमा जानुपर्छ,’– उनले भने ।