Logo

१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको बैठक, तीन नेताको कारबाहीको निर्णय अनुमोदन



काठमाडौं । १४ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ । आइतबारबाट सुरु भएको बैठक आज सकिएको छ ।

जसमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।

एमालेले पार्टीबाट विभिन्न समयमा अलग भएर गएका शक्तिहरुलाई पुरानै घरमा फर्कन आह्वान गर्ने निर्णय पनि गरेको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले बताए ।

बैठकले सचिवालय बैठकले गरेको नेता भीम रावलको संगठित सदस्यता खोस्ने र नेतृद्धय बिन्दा रावल र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णयलाई सर्वसम्मत अनुमोदनसमेत गरेको छ ।

यस्ता छन् बैठकले पारित गरेका प्रस्ताव



प्रतिक्रिया दिनुहोस्