Logo

विचारको संश्लेषणसहित महाधिवेशनमा जाने माओवादीको निर्णय, नेताहरुलाई पालिकासम्म परिचालन गरिने



काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक समापन भएको छ । गत पुस २१ गतेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि एक सयभन्दा धेरै सदस्यहरुले धारणा राखेका थिए । प्रचण्डले पेश गरेको प्रस्ताव पारित गर्दै बैठक समापन गरिएको हो ।

बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणसहित महाधिवेशनमा जाने निर्णय गरेको छ । त्यस्तै, सबै नेताहरुलाई पालिकासम्म परिचालन गर्ने गरी कार्य विभाजन गरिएको पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्