Logo

सहकारी ठगी प्रकरणः सीआईबी पुगेर धनराजले फेरी दिए बयान



काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) पुगेर फेरी बयान दिएका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपलनमा मुछिएका धनराजले सीआईबी पुगेर दोस्रो पटक बयान दिएका हुन् । उनीसँग दोस्रो पटक करिब ५ घण्टा बयान लिइएको छ ।

धनराजकी पूर्व श्रीमती ज्योति गुरुङ उक्त सहकारीको सञ्चालक रहेको बेला १२ करोड ५१ लाख हिनामिना भएको प्रहरीको प्रारम्भिक छानविनमा खुल्न आएको छ । सोमध्ये धनराजको पनि ९१ लाख रुपैयाँ ऋण लिँदा संलग्नता देखिएको बताइएको छ ।

साथै, सीआईमा बयान दिन पुगेका धनराजलाई श्रीमतीसँगको डिभोर्सको बारेमा पनि सोधपुछ गरिएको छ । उनीहरुबीच भएको सम्बन्धविच्छेदलाई ‘सहकारी डिभोर्स’ को संज्ञा दिइ आलोचना हुने गरेको छ । धनराजकी पूर्व श्रीमतीलगायत सो सहकारी अपचलनमा मुछिएर फरार रहेकाहरुविरुद्ध रेडकर्नर नोटिससमेत जारी भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्