Logo

सहकारी ठगी प्रकरण: अञ्जला कोइरालाको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा



काठमाडौं । सहकारी ठगीमा मुछिएकी अञ्जला कोइराला पोखरेलको बयान तथा थुनछेक बहस मोरङ जिल्ला अदालतमा आजबाट सुरु हुने भएको छ ।

अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी अञ्जला आज अदालतमा हाजिर भएकी थिईन् । उनको मुद्दा मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा तोकिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नीसमेत रहेकी उनी मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार थिईन् ।

अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला बुधबार बिहान अदालतमा हाजिर भएकी हुन्।

बुधबार नै बयान र थुनछेक बहस नसकिए प्रहरी हिरासतमा राखिने छ। अदालतको आदेशपछि मात्रै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा तारेखमा राख्ने भन्ने टुंगो लाग्नेछ।



प्रतिक्रिया दिनुहोस्