काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको तेस्रो दिन त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशविरुद्ध ब्याटिङमा उत्कृष्ट सुरुआत गरेको छ ।
बुधबार जनकपुरमा जारी खेलमा आर्मीले २९ ओभरको खेल समाप्त हुँदासम्म एक विकेट गुमाएर १२७ रन बनाएको छ । आर्मीले पहिलो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गरेको थियो । जारी प्रतियोगितामा यो अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ साझेदारी हो ।
आर्मीका लागि ओपनर इमरान शेखले अर्धशतक हिर्काएका छन् । उनी ८५ बलमा ७६ रन जोडेर खेलिरहेका छन् । त्यसअघि आर्मीले अर्का ओपनर तिर्थराज दासलाई ४४ रनमा गुमाएको थियो । अर्धशतकबाट ६ रनले चुकेका दासले ७८ बलमा ६ चौका प्रहार गरे ।