Logo

केन्द्रीय कमिटी बैठक समापनमा ओलीले किन लिए प्रचण्ड र माधव नेपालको नाम ?



काठमाडौं, २४ पुष । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेंको भरभराउँदो पङ्ति भएको बताएका छन् । पार्टीकोे केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि हिजो (मंगलबार) समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गरेका हुन् ।

‘एमालेमा अब कुनै पनि पूर्व समूह छैन । हामीले पूर्व समूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ’, ओलीले भनेका थिए–‘हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुुपर्छ ।’

उनले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट गरे ।



प्रतिक्रिया दिनुहोस्