Logo

गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक



काठमाडौं । एलिट कप क्रिकेट अन्तर्गत दोस्रा खेलको पहिलो पालीमा भिभागीय टिम नेपाल पुलिसविरुद्ध ब्याटिङ गरेको मधेश प्रदेश १२९ रनमै अलआउट भएको छ ।

बुधबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा मयन यादवको अर्धशतकका बाबजुद मधेसले ४२.२ ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।

मधेसका ओपनर मयनले ५९ रन बनाए । यसअघि, पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध शतकीय इनिङ खेलेका मयनले १०२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।अभिषेक तिवारीले २९ बलमा चार चौकासहित १७ रन थपे ।

पुलिसका गुल्सन झाले सर्वाधिक पाँच विकेट लिए । १३ ओभर बलिङ गरेका गुल्सनले चार मेडन फ्याँक्दै ४० रन खर्चिए । कुशल भुर्तेलले दुई विकेट लिए । श्रवण यादव र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो ।



प्रतिक्रिया दिनुहोस्