Logo

बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए



काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको तेस्रो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लवले बागमती प्रदेशविरुद्ध चुनौतीपूर्ण योगफल खडा गरेको छ । पहिलो पालीमा पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ६० ओभरमा ५ विकेट गुमाएर २७६ रन जोडेको छ ।

आर्मीका लागि दुई खेलाडीले अर्धशतकीप पारी खेले । ओपनर इमरान शेखले ७४ रन जोडे । १०४ बलको सामना गरेका इमराजले ११ चौका हिर्काएका थिए । बसिर अहमदले नटआउट रहँदै ५३ रन जोडे । ६४ बलमा उनले ८ चौका हिर्काए ।

अर्का ओपनर तृतराज दासले ७८ बलमा ६ चौकासहित ४४ रन जोड्दा अविजित रहेका कुशल मल्लले ४३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे । सोमपाल कामी ७ रनमा आउट हुँदा आर्मीले ३३ रन अतिरिक्त पाएको थियो । बलिङतर्फ बागमतीका विपिन आचार्यले तीन तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

यसअघि, मधेसले पहिलो खेलमा वाग्मती प्रदेशसँग बराबरी खेलेको थियो । यस्तै, पुलिसले पनि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो ।



प्रतिक्रिया दिनुहोस्